एनएमबि बैंकको ‘इन्स्टा बाइ’ सेवा : क्रेडिट कार्ड खरिद अब किस्तामा सजिलै
काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवामा नयाँ डिजिटल सुविधा ‘एनएमबि इन्स्टा बाइ’ सार्वजनिक गरेको छ । यस सुविधाले क्रेडिट कार्डधारकलाई ५ हजार रुपैयाँ भन्दा माथिको खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (इएमआई) मा रूपान्तरण गर्न सक्ने अवसर प्रदान गरेको छ । ग्राहकले खरिद बिल र पोस स्लिप १० दिनभित्र इएनएमबि एप वा बैंकको वेबसाइट मार्फत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्नेछन् ।
बैंकका अनुसार न्युनतम शुल्क तथा ब्याजदरको व्यवस्था गरिएको छ भने अग्रिम भुक्तानी गर्दा कुनै जरिवाना लाग्ने छैन । यस सेवामार्फत स्वास्थ्य परिक्षण, यात्रा, जीवनशैली तथा चाडपर्वमा हुने खर्च सहज रूपमा व्यवस्थापन गर्न सकिन्छ । एनएमबि बैंकले देशभरका २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउण्टरमार्फत आफ्ना ग्राहकलाई सेवा प्रवाह गरिरहेको छ ।
















