काठमाडौं । फागुन २० गतेसम्म १८ वर्ष पुग्ने नेपाली नागरिकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा भोट हाल्न पाउने भएका छन् । फागुन २० सम्म १८ वर्ष पुग्ने मितिलाई निर्धारण गरी देशभरबाट संकलित मतदाता विवरण अद्यावधिक गर्ने निर्णय गरेको छ निर्वाचन आयोगले जनाएको छ ।