एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : गिरी

काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं महाधिवेशन भाँड्ने षड्यन्त्र भएको आशंका गरेका छन् । सरकारमा रहेका व्यक्तिहरुले हिजो र अस्ति रातिसम्म गरेका भेटघाटले संशय पैदा गरेको उनको भनाइ छ । आज फेसबुकमा स्टाटस लेख्दै पूर्वमन्त्री गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै षड्यन्त्र भइरहेको उल्लेख गरेका छन् । उनले त्यसको मूल्य वर्तमान सरकारले चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् ।

ती देशी–विदेशी शक्ति को हुन् र उनीहरुले एमाले महाधिवेशन भाँड्न कस्तो खालको षडयन्त्र गरिरहेका छन् भन्ने गिरीले खुलाएका छैनन् । लेखेका छन्, ‘एमालेको महाधिवेशन नजिकिदै गर्दा महाधिवेशन भाँड्न देशी विदेशी शक्तिको आडमा सरकारमा रहेका व्यक्तिहरूले हिजो, अस्ति रातिसम्म गरेका भेटघाटले थप संशय पैदा गरेको छ । वर्तमान सरकारले हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि जुन किसिमको षड्यन्त्र गरिरहेको छ हेक्का रहोस्, सरकार स्वयंले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ ।’साथै सरकारको यो षड्यन्त्रमा संलग्न हुने भित्र वा बाहिरका जो कोही लाई पनि इतिहासले माफी दिने छैन,’ गिरीले लेखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *