हिंसा भड्काउन उद्यत ‘कार्की आयोग’

तोकिएको मितिमा निर्वाचन गराउने दायित्व बिर्सेर वर्तमान सरकार फेरी मुलुकलाई भिडन्तको दिशातर्फ धकेल्ने प्रयास गर्न थालेको छ । जेन्जीको नाममा अकल्पनीय विनाशलिला मच्चाएर गैर संवैधानिक बाटोबाट सरकारमा पुगेको सुशीला ओमप्रकाश मण्डली अब फेरी अर्को डरलाग्दो षडयन्त्रको तानावाना बुन्न लागेको छ । भदौ २३ र २४ गतेको महाविनाशको छानवीन गर्न गठन गरिएको कथित आयोग गठनकालदेखी नै बिबादमा थियो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको रबैया शुरुदेखि नै विवादास्पद थियो । कार्की सिंहदरवार जलाउने प्रमुख पात्र बालेन्द्र साहको पक्षमा लागेर आगजनी गराउने मध्येकै एक थिए । त्यसो त बर्तमान प्रधानमन्त्री र गृहमन्त्री समेत सरकारी सम्पति,पुरातात्विक र ऐतिहासिक सम्पदा र ब्यक्तिको घर सम्पति जलाउने प्रमुख पात्र मध्येमै पर्दछन । सुशीला मण्डलीले बनाएको र हिंसा, हत्या, आतंक र आगजनी भड्काउने कार्यमा सक्रिय रहेका गौरीबहादुर कार्कीको कथित आयोगको निष्पक्षता र स्वतन्त्रतामाथि शुरुदेखि नै प्रश्न चिन्ह लागेको थियो । कार्की पूववर्ती सरकार, त्यसका प्रधानमन्त्री र मन्त्रीहरुप्रती पूर्वाग्रही थिए । तिनले सोशल मिडियाको दुरुपयोग गरी हिंसा भड्काउन र हिंसा मच्चाउने तत्वलाई उकास्न सक्रिय भुमिका खेलेका थिए ।

अहिले उनी पूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र अन्य धेरैमाथि इवी साँध्न थालेका छन् । उनले ओलि लेखक आदिलाई आयोगमा पत्र काटेर बोलाउने र नआए प्रहरी लगाएर गिरफ्तार गरी आयोगमा ल्याउने प्रचार गर्न थालेका छन् । यसले पनि आयोगका छानवीन र अध्ययनलाई निष्पक्ष र स्वतन्त्र हुन दिएको छैन । कार्की आफ्नो काम गर्नेभन्दा गलत प्रचार गरेर चर्चा बटुल्ने र स्थितिलाई उत्तेजक बनाउने प्रपञ्चमा लागेका छन् । त्यो कथित आयोग यमदुत होइन । र, कार्की स्वयमका अनेक काण्ड बाहिर आईसकेका छन् । अहिले आफ्नो विवादास्पद विगतलाई बिर्सेर शान्ति कायम राख्ने र यथासमय निर्वाचन सम्पन्न गराउन उपयूक्त बाताबरण तयार पार्ने काममा लाग्नुपर्नेमा हिंसा भड्काउने र अराजकता मच्चाउने काममा कार्की सुनियोजित रुपले नै लागेका छन् । यस्ता पात्रलाई शुरु मै चयन गर्नु सुशीलाको निहीत स्वार्थ होला तर त्यसले राष्टलाई थप अन्यौलमा धकेल्ने निश्चित छ ।

सामान्य नैतिकता र सार्वजनिक आचरणको ज्ञान नभएका कार्कीलाई त्यो कथित आयोगबाट नहटाए मुलुक पुनः डरलाग्दो भीडन्ततर्फ जान सक्ने सम्बन्धमा सबै समयमै सचेत बन्नु जरुरी छ । कसैको प्रचार स्वार्थका लागि र जनतालाई गुमराहमा पारेर सत्ताको खेल खेल्नका लागि यस्ता हर्कत गर्न पाइँदैन । ओली, लेखक वा अरु कसैलाई बुझ्नका लागि बोलाउनै पाइँदैन भन्ने होइन तर बोलाउने निकायको वैधानिकता र विश्वसनीयता भने हुनैपर्छ । यो कथित कार्की आयोगको विश्वसनीयता कति छ र यसको के स्वार्थ छ भन्ने कुरा काम गर्नु अघि नै भएको प्रचारवाजीले देखाउँछ । यति यो आयोग संविधान र कानून अनुसार चल्थ्यो भने यस्ता नौटंकी गरेर जनतालाई भड्काउने थिएन । अब प्रचार बाजीलाई ओली र लेखक कार्की शुभकामना गएनन् र तिनले आयोगको प्रश्नको जवाफ दिन इन्कार गरे भने के हुन्छ ? प्रहरी गरिफ्तार गर्न गयो र कांग्रेस एमाले कार्यकर्ता प्रतिरोधमा उत्रिए भने त्यो आयोगको अस्तित्व रहन्छ ? यदि साँच्चै समस्या बुझ्न आयोग सक्रिय रहेको भए उसले प्रचार नगरी आफ्नो काम गर्न सक्थ्यो । उसले जसलाई आवश्यक प¥यो उसलाई डाक्न सक्थ्यो तर उसले त्यसो नगरी गलत नियतले प्रचारबाजीमा उत्रेर स्थितिलाई उत्तेजक बनाउने काम गरेको छ । यसको परिणाम गम्भीर हुनसक्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *