एमाले महाधिवेशन, गेटमा प्रहरीले ‘चेक’ गरेपछि मात्र प्रवेश
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन आज (मंसिर २७)देखि सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित चौरमा आयोजना गरिएको छ । महाधिवेशनस्थलमा बिहानैदेखि चहलपहल छ । उक्त चौरमा प्रवेश खुला गरिएको छ । तर, त्यहाँ प्रवेश गर्नुपूर्व प्रहरीले चेकजाँच गर्नेछ ।
गेटमा प्रहरीले चेक गरेपछि मात्र चौरमा प्रवेश दिइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् । उद्घाटन बिहान ११ बजे गर्ने गरी निर्धारित छ । उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरूलाई आमन्त्रण गरिएको छ । महाधिवेशनपछि बाँकी कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा हुने पार्टीका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले जानकारी दिए । महाधिवेशन यही मंसिर २९ गतेसम्म हुने तय छ ।
















