ईसेवाको ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक

काठमाडौं । ईसेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत विदेशबाट रेमिट्यान्स पठाउने ग्राहकहरूले नगद पुरस्कार जित्ने मौका पाउनेछन् । कम्पनीका अनुसार हरेक हप्ता चार सहभागीले अधिकतम २६ हजार रुपैयाँसम्म पुरस्कार जित्न सक्नेछन् भने बम्पर पुरस्कारको रूपमा एक भाग्यशाली विजेताले २ लाख २ हजार ६ सय रुपैयाँ प्राप्त गर्नेछ । विजेताको छनोट ‘लकी ड्र’ प्रणालीमार्फत गरिनेछ ।

ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले योजना सम्बन्धमा जानकारी दिँदै भने, अंग्रेजी नयाँ वर्ष २०२६ लाई लक्षित गरी यो योजना ल्याएका हौं । रेमिट्यान्स पठाउने प्रयोगकर्ताहरू यसमा सहभागी भई आकर्षक नगद पुरस्कार जित्न सक्नेछन् । साथै, सम्पूर्ण प्रयोगकर्तालाई सुख, शान्ति र समृद्धिको कामना सहित नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दछौं । यो योजना अमेरिका, बेलायत, क्यानडा, साउथ कोरिया, जापान, रोमानिया, मलेसिया, यूएई, साउदी अरेबिया लगायत विश्वका विभिन्न देशबाट ईसेवा प्रयोग गरी रेमिट्यान्स पठाउने प्रयोगकर्ताका लागि लागू हुने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *