सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार (मंसिर २९) सुन प्रतितोला १९ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन दुई लाख ५८ हजार ८ सय रुपैयाँ कायम थियो । सो दिन प्रतितोला २२ सय रुपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार प्रतितोला ४५ रुपैयाँले बढेर तीन हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला तीन हजार ८२५ रुपैयाँ थियो ।
















