बाहिर जे बोले पनि एमालेले भित्री रूपमा निर्वाचनको तयारी गरिरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले नेकपा (एमाले) निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित पार्टीको एकता सन्देशसभामा उनले बाहिर जे बोले पनि एमालेले भित्री रूपमा निर्वाचनको तयारी गरिरहेको जिकिर गरेका हुन् । निर्वाचन मुलुकलाई निकास दिने सबैभन्दा सहज विकल्प भएको उनले उल्लेख गरे । उनले दोहोरो चरित्र नदेखाई निर्वाचन प्रक्रियामा एकताबद्ध भएर अघि बढ्न एमालेलाई आग्रह गरे ।

नेपाली कांग्रेसले पनि निर्वाचनमा जाने संस्थागत निर्णय गरेकाले अब चुनाव सम्पन्न गर्ने कार्य नै राष्ट्रको मुख्य काम भएको उनले बताए । अहिले घोषणा भइसकेको निर्वाचन नै सबभन्दा सहज विकल्प हो । जनता बिस्तारै निर्वाचनको लागि तयार भइराखेको छ । राजनीतिक दलहरू कोही कोर्टमा गए पनि, मैले बुझेसम्म नेपाली कांग्रेसले संस्थागत निर्णय निर्वाचनमा जाने गरिसकेको छ । एमाले पार्टी बाहिर जेसुकै कुरा बोले पनि उनको भित्री तयारी निर्वाचनतिरै छ भन्ने देखिसकिएको छ । त्यसकारण डबल स्टयान्डरको कुरा नगरौँ, सिंगै राष्ट्रलाई निर्वाचन प्रक्रियातिर अगाडि बढाउन सबै एकजुट होऔँ । यही नै नेपालको अहिले राष्ट्रिय आवश्यकता बन्न गएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *