अङ्ग्रेजी नयाँ वर्षमा नर्भिकमा डर्मा तथा कस्मेटिक उपचारमा विशेष छुट

काठमाडौँ । नर्भिक इन्टरनेसनल हस्पिटलले डर्माटोलोजी तथा कस्मेटिक उपचार सेवामा नयाँ वर्ष विशेष छुटको अफर ल्याएको छ । नर्भिकले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा लेजर हेयर रिमुभल, हाइड्रा फेसियल र ग्लो पिलको कस्मेटिक उपचार सेवामा विशेष छुट सञ्चालनमा ल्याएको हो । नर्भिकले लेजर हेयर रिमुभलका लागि २५ प्रतिशत छुट दिने जनाएको छ । यस्तै हाइड्रा फेसियल र ग्लो पिलमा ४ सेसनको विशेष प्याकेज पनि ल्याएको छ ।

जसअन्तर्गत हाइड्रा फेसियलको ४ सेसनको प्याकेजमा २४ हजार रुपैयाँ र ग्लो पिलका लागि ४ सेसनको प्याकेजमा १२ हजार रुपैयाँ मात्र लाग्ने अस्पतालले जनाएको छ । यो अफर आज २१ डिसेम्बरदेखि ७ जनवरीसम्म लागू हुने अस्पतालले जनाएको छ । छुट अफरको सेवा लिनका लागि फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *