बिराटनगर साहित्यमा धनी
(१)नानीहरू युगान्तकारी हुन्छन्,एक युगमा जन्मिन्छ्न् र,युग नै परिवर्तन,गरिदिन्छन् ! ए सरकार ! होसियार !,तिमी तिम्रो सत्ताको भत्ताको गणित ,मिलाई राख !, यतिबेला नानीहरू गणतन्त्रको फाइदा(प्लस) र घाटा(माइनस)को हिसाबकिताब गरिरहेछन्न् प्रिन्स प्रमोदकुमार ढकाल । समयका तरङ्ग,कवितासङ्ग्रह (युवा अर्थात नानीहरू) । प्रकाशक विराट साहित्य सङ्गम,विराटनगर। पहिलो संस्करण वि.सं.२०८२ असार । पृष्ठ(१२८ १३) । भुमिका( प्रा.डा.हेमनाथ पौडेल । शुभकामना,समिक्षा प्रा.डा.देवी नेपाल साधना गृह लोकन्थली भक्तपुर,प्राज्ञ विवश पोखरेल,प्रकाशकीय मधु पोखरेल अध्यक्ष विराट साहित्य सङ्गम) । आफूले देखेरै हो,स्वयम्भूले,ढिलो चाँडो गरेर,भएका पहुँचवालाहरूको,(अ)राजनीतिक क्रियाकलाप,अंश(अंशको रूपमा,देखाउँदै आएको १ (प्रिन्स प्रमोद कुमार ढकाल । अतीतको डायरीबाट,कवितासङ्ग्रह (स्वयम्भूका आँखा । प्रकाशक (विराट साहित्य सङ्गम,विराटनगर)। पहिलो संस्करण वि.सं.२०८२ जेठ । पृष्ठ ११५ । भुमिका प्राज्ञ विवश पोखरेल,समिक्षा समेत भीम कोइराला कोषाध्यक्ष विराट साहित्य सङ्गम,भरत गुरागाईँ अध्यक्ष झोराहाट नाटक घर,शुभकामना(बाबुराम पोखरेल अध्यक्ष नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश,रोहिणी रसिक,मधु पोखरेल अध्यक्ष विराट साहित्य सङ्गम,प्रकाशकीय(रामबाबु दाहाल प्रधान सम्पादक सङ्गम अभियान साहित्यिक मासिक एवं कार्यकारी सदस्य विराट साहित्य सङ्गम) । (२) बिराटनगर घर बताउँदै जादा अल्छि गरेर पीपल चौक मात्र भन्नू भयो भने पुर्व मुख्य सचिव डा.बिमल कोइराला प्रा.डा. देवराज अधिकारी,मनोज पोखरेल,महेश रेग्मी,पुर्व प्रम नगेन्द्रप्रसाद रिजाल वस्ती कञ्चनबारीको पीपल चौक कि तीनटोलियाको पीपलचौक भनेर फेरि प्रष्ट पार्नु पर्छ त्यसैले तीनटोलिया पीपलचौक साविक वार्ड नम्बर १३ सङ्घीय वार्ड १० वाचनालयमार्ग निबासी उदयीमान कवि प्रिन्स प्रमोदकुमार ढकाल अचानक घर आएर माथिका दुई कविताकृति उपहार दिनु भयो,मैले अहिले नन कर्पोरेट साहित्यकारको अवस्था बताएर मुल्य चुक्ता गर्न खोजेकोमा रिसाउनु भयो र पछि अर्को कृतिमा भौतिकरूपमा सहयोग गर्ने भन्नू भयो । महानन्द सापकोटा,नगेन्द्र चापागाईं,डिल्लीराम तिमिल्सिना,माधव आचार्य,देव कुमारी थापा,प्रमोद प्रधान,लक्ष्मण नेवटीया,सुरेश अग्रवाल भिदासरिया,दधिराज सुबेदी,कविराज न्यौपाने,डा.मेदिनी शर्मा नेपाल,पारु अर्याल नेपाल,लक्ष्मी उप्रेती,डा. बिमल एस पी कोईराला,किशोर बिश्वकर्मा,लक्ष्मण उपाध्याय,सुनिल सापकोटा,भवानीप्रसाद पोखरेल,रेखा यादव,अनिता सोनि,महेश मास्के,शैलेन्द्र घिमिरे,दीपक लोहनी,जयन्त(शरद प्रधानाङ्ग,विश्व बस्नेत,कृष्ण राज कोइराला,प्रकाश खड्का लगायत तीनटोलीयाबाट मात्रै पनि बालकृष्ण पोखरेल,भानुभक्त पोखरेल,डा.ऋषिराज बराल,इन्दिरा शर्मा प्रसाईं ,मुनाल पोखरेल,कृष्ण भूषण। बल,चक्रपाणि खनाल,निर्मला बराल,बासु बराल,शरद बराल,हरि बराल,कृष्ण वस्ती,हरि भण्डारी,अनिरुद्र तिमसिना,दिनेश श्रेष्ठ,सहितका ,अग्रजदेखि अनुजसम्मका धेरै स्रष्टाहरु विराटनगरले पाएको छ ) प्राज्ञ विवस पोखरेल । ऐऐ,भुमिका साहित्य लेखक प्रमोद पनि यश शृंखलामा जोडिएको हुनुहुन्छ ।

पिता स्व.केशवप्रसाद ढकाल र माता सीता देबिप्रती आफ्ना दुबै कृति समर्पण गर्नु भएको उदयीमान कवि प्रमोदले देश समाज राजनीति सबैलाई समेटेर खवर्दारी गरेको देख्दा र निजले युवा अर्थात नानीहरू कवितामा गर्नु भएको खवरदारीको करिब दुई महिना पछि जेनजिको खवरदारी भएकोले कवि शिरोमणि लेखनाथज्यूले साहित्य देश र समाजको कल्याणको निम्ति हुनुपर्छ भन्नु भएको सम्झना हुन्छ । निजका यी दुई कृति देखेर निजका दाजुहरु किशोर कुमार ढकाल,नेपाल राष्ट्र बैङ्क पुर्व कर्मचारी मनोजकुमार ढकाल,समाजसेवि,दिदी कल्पना पराजुली र भिनाजु नारायण पराजुली,पुर्व नेराबै कर्मचारी,दिदी ममता र भिनाजु रुद्र पौडेल,प्राज्ञ,समस्त परिवार बृत सहित तीनटोलीया,विराटनगर कोशि प्रदेश सहित नेपाली साहित्य भण्डार नै खुशी भएका छन । बधाई औ हार्दिक शुभकामना !!
















