एनएलजी इन्स्योरेन्सद्वारा ७.३६ प्रतिशत लाभांश प्रस्ताव

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई आर्थिक वर्ष २०८१।८२ का लागि ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ५६ करोड ५२ लाख २४ हजार ४ सय ३२ रुपैयाँको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ।

घोषित लाभांशअन्तर्गत कम्पनीले ४ प्रतिशत बोनस सेयर वितरण गर्नेछ, जसको कुल मूल्य १० करोड २६ लाख ८ हजार ९ सय ७८ रुपैयाँ रहेको छ। साथै, ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ, जसको मूल्य ७ करोड ६९ लाख ५६ हजार ७ सय ३३ रुपैयाँ रहेको छ। दुवै प्रकारका लाभांशमा लाग्ने कर प्रयोजनार्थ कम्पनीले ०.३६८४ प्रतिशत अर्थात् ९४ लाख ५० हजार ८ सय २७ रुपैयाँ छुट्याएको छ। कम्पनीका अनुसार उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *