एससीटीले सुरु गर्‍यो कर्पोरेट इन्टरनेट बैंकिङ सेवा

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज (एससीटी) ले स्विफ्ट टेक्नोलोजिजसँगको सहकार्यमा इन्टरनेट बैंकिङ सेवा औपचारिक सुरुवात गरेको छ । एससीटीले कर्पोरेट, साना र मध्यम उद्यम (एसएमई), मिड कर्पोरेटदेखि ठूला कम्पनीसम्मलाई लक्षित गरेर सेवा सञ्चालन गरेको छ । यस सेवामार्फत ग्राहकहरूले हाइराकिकल अप्रुभल मेकानिजम, सिंगल तथा बल्क अपलोडमार्फत कारोबार गर्ने सुविधा, मेकर–चेकर प्रक्रिया, बिल भुक्तानी, तलब व्यवस्थापन, रकम स्थानान्तरण जस्ता सुविधाहरू सहज रूपमा उपयोग गर्न सक्नेछन् ।

साथै, प्रयोगकर्तामैत्री इन्टरफेस, सरल कन्फिगरेसन मेनु र व्यवसायहरूको आवश्यकता अनुरूप कस्टमाइज गर्न मिल्ने विशेषता समेत उपलब्ध छन् । हाल यस कर्पोरेट इन्टरनेट बैंकिङ सेवामा आबद्ध हुने नेपालमा पहिलो बैंक ग्लोबल आईएमई बनेको छ । बैंकले यस सेवालाई बिजनेक्स नाममा आफ्ना ग्राहकहरूलाई प्रदान गर्दै आएको छ, जसले बैंकका कर्पोरेट तथा व्यवसायिक ग्राहकहरूलाई अझ सहज, सुरक्षित र छरितो डिजिटल बैंकिङ अनुभव उपलब्ध गराएको छ । बिजनेक्स मार्फत ग्राहकहरूले दैनिक वित्तीय गतिविधिहरूलाई स्वचालित, द्रुत र व्यवस्थित बनाउन सक्ने भएकाले बैंकको सेवा क्षमतामा उल्लेखनीय वृद्धि भएको छ । यसका साथै, यस सेवाले वित्तीय कारोबारको पारदर्शिता, दक्षता र कार्यप्रवाह व्यवस्थापन अझ मजबुत भई डिजिटल बैंकिङको नयाँ मापदण्ड स्थापनामा सहयोग पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *