एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण
काठमाडौँ । थाइल्याण्डमा एयर इन्डियाको विमानले आपतकालीन अवतरण गरेको छ ।
मिडिया रिपोर्टका अनुसार, बमको धम्की पाएपछि उडानको आपतकालीन अवतरण गरिएको थियो । एयर इन्डियाको उडान नम्बर ३७९ थाइल्याण्डको फुकेटबाट दिल्ली आउँदै थियो । विमानमा १५६ यात्रु सवार थिए । फुकेटबाट भारतको राजधानी नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमानले शुक्रबार बमको धम्की पाएको थियो । फ्लाइट ट्र्याकर फ्लाइटराडार २४ का अनुसार, विमानले दिउँसो १२:४० बजे दिल्लीमा अवतरण गर्नुपर्ने थियो । तर अण्डमान सागरको वरिपरि घुमेपछि, विमान बिहान ११:४० बजे फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा फिर्ता अवतरण गराइएको थियो ।
विमानको आपतकालीन अवतरण पछि, अधिकारीहरूले सम्पूर्ण विमान खाली गरेर अनुसन्धान सुरु गरेको बताइएको छ ।