राष्ट्रपति ट्रम्पले दिए इरानमाथि थप आक्रमण गर्ने चेतावनी

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप आक्रमण गर्ने चेतावनी दिएका छन् ।

इरानका तीन आणविकस्थलमा आक्रमण गरेपश्चात् राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानले अब शान्तिको बाटो अपनाउनुपर्ने र यदि उनीहरूले त्यसो नगरे भोलिका दिनमा अझै ठूलो आक्रमण हुन सक्ने बताएका हुन् । उनले भने, ‘अब इरानले शान्तिको बाटो अपनाउनुपर्छ । यदि, उनीहरूले त्यसो गरेनन् भने भविष्यमा हुने आक्रमण अझ ठूला र सजिला हुनेछन् ।’ इरानलाई थप चेतावनी दिँदै उनले भने, ‘ब कि शान्ति आउनेछ कि इरानका निम्ति यस्तो त्रासदी आउनेछ, त्यो पछिल्ला आठ दिनमा देखिएका घटनाभन्दा धेरै ठूलो हुनेछ ।’

उनले गएराति भएको आक्रमणस्थल पूर्णरुपमा सफल भएको दाबी समेत गरेका छन् । उनले भने, ‘म विश्वलाई के भन्न चाहन्छु भने आज रातको आक्रमण पूर्ण रूपमा सफल भएको छ ।’ ट्रम्पले सम्बोधनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इजरायली सेनालाई धन्यवाद दिएको समेत बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *