घरधनीको ज्यादती अति नै भो

काठमाडौँ । काठमाडौमा पढन, रोजगार, गर्ने ७७ वटा जिल्लाबाट ंआउँछन् । कोठा भाडामा लिएर बस्छन् । सटर भाडामा लिएरु व्यपार गर्छन् । प्लेट लिएर कार्यलय सञ्चालक गर्छन् । एउटा जिल्लाको मानिस अर्को जिल्लामा गएर भाडामा बस्छन् । आफनो जन्मोथलोमा शिक्षा, उपचार, रोजगारी नपाएर अर्को जिल्लामा गएर भाडामा बस्छन् । कोठा, सटर, फल्यटको रेट घर धनीको जिब्रोमा छ । घर बेटिहरु कोठा सटर फ्ल्यटखाली भनेर लेखेर टाँसेको हुन्छ । त्यहिँ टाँसेको कागजमा घर धनीको सम्पर्क नम्बर हुन्छ ।

एउटा कोठको घरधनीहरु महिनाको ७ हजार देखि १२ हजार सम्म लिन्छन् । एउटा सटरको महिनाको १५ हजार देखि १० लाख सम्म लिन्छन् । एक फ्ल्यटको महिनाको भाडा २० हजार देखि ५० हजार लिन्छन् । कोठा खोज्न मानिसलाई एउटा कोठा दिँदैन । बस्नु भन्दा अगाडि ३ महिनाको भाडा शुरु मैं लिनछन् । महिना पुग्नु भन्दा अगाडि नै भाडा मागछन् । खाली सटर ५ लाख देखि ५० लाख सम्म किनबेच हुन्छ ।

घरबेटिहरु घर भाडामा लगाएर महिनाको पच्चास हजार देखि सात करोड सम्म उठाँउछन् । राज्यलाई सुकयो कर तिरदैनन् । घर धनीहर आफनो निजि सम्पत्ति हो भन्छन् । निजि सम्पत्ति हो भनेर भाडामा बस्नेलाई पनि ठगि रहेका छन् भने राज्यलाई पनि बर नतिरेर ठगिरहेको छन् । एउटा घर र जग्गामा गरेर २ करोड देखि अबौं लगानी गरेका हुन्छन् । त्यसको पनि राजश्व तिरदैनन् । महिना महिनामा भाडामा बस्ने सँग लिएको पैसाको पनि कर तिरर्दैनन् । घरबेटिले भाडामा बस्ने सँग पैसा लिन्छ तर बिल दिँदैन । घरबहालमा बस्ने मान्छेहरुलाई बुलाएर पनि बढि भाडा लिन्छन् । घर भाडामा लगाए पछि पानी, लुगा धोयर सुकाउन, घाम ताफन पनि दिँदैन । बत्ति, पानी, फोहोरको पैसा सरकारले बनेको भन्दन दुई गुण लिन्छन् ।

कोठामा बस्नेहरुको सामान्य खर्चमा भाडामा बस्नेले नै गनुपर्छ । काोठा छोडेर जाँदा रङग पनि लगाइ दिनु पर्छ । मोटरसाइकल, गाडि राखेको पनि महिना तीन mहजार देखि पाँच हजार सम्म लिन्छन् । बुढाबुढी, विघाथी, एकल महिला, रोगी, ज्यालादारीहरुलाई कोठा दिँदैन र्। घरबेटिहरुले सुकिला मुकिाहरुलाई मात्र कोठा दिन्छन् । एउटा खाट नअट्ने चिसो कोठा हुन्छ । दिउँसो बत्ति बाल्ने अवस्था हुन्छ । त्यसतो कोठामा बुढाबुढी बस्दा बाथको बिरामी हुन्छन् भने बाल बच्चालाइ निमोनिया हुन्छ । कोठामा भाडा बस्ने मान्छे बिरामी भयो भने घर धनी कोठामा मर्न दिँदैन कि बाटो निकाल्छ कि अस्पताल पठाँउछ ।

पुरानो भाडामा बस्ने मान्छेलाई निकालेर नँया मान्छेलाई महँगो भाडा कोठा, सटर, फ्ल्यट, लगाउँछन् । कति घरहरु भतकिन लगेको घरहरु पनि भाडामा लगाएका छन् । तीन तला घरको नक्सक पास गरेको हुन्छ तर पाँच तला डढाउँछन् । काटो मिटेर वासरकारी जग्गा कब्जा गरेर घर बनाएको हुन्छ । घरबेटिले भाडामा बस्नेलाई शोषण र ठगि गरिरहेका छन् । घरबेटिको विरोधमा वडा कि चौकिमा गएर उजुरी दिने भन्ने कुरा घरवहालमा बस्ने मान्छेहरुलाई थाहा छैन । अहिले पनि घरधनहिरुले तल्लो जातीहरुलाई कोठा भाडामा दिँदैन । बिहान र बेलुका काम बाट फकिर्दा ढिलो बयो भने गेट खोलदैन । घरधनीहरुले कोठा भाडामा बस्नेहरुलाई कुनै पनि सहयोग गर्दैन । भाडामा बस्ने मान्छेहरु मान्छे नै होइन जस्तो व्इवहार गर्छन् घरबेटिहरु । घरबेटिको अगाडि सरकारले कहाँ छ ।

महानगरपालिका, गाउँपालिका, नगरपालिका, वडाहरुलाई कुन घरमा कत्ति वटा कोठा, सटर भाडा लगएका छ त्यो डाटा यिनै निकायहरुले संकल्न गरेको छैन । मेयर, वडा अध्यक्ष घरबेटि रिसाउँछ वा अर्को पटा चुनाव हारन्छ भनेर कोठा, सटर, फल््यटको घरभाडा निर्धारण पनि गर्न सकदैन र घरबवहाल कर पनि उठाउन सकदैन । जोखिमपुर्ण घरहरु भाडामा दिँदा भुइँचालो, हावाहुरीले गर्दा वहालमा बस्नेहरु मृत्यृ भइरहेको छ ।

अहिले घर धनीहरुले एक चोटि घर बनाइसके पछि ५० बर्ष सम्म सरकारले चेक जँच गर्दैन । अब सरकारले ६.६ महिनामा घरहरुको चेक जाँच गनुपर्छ । घर बनाउँदा दिँदा खुल्ला ठाँउ छोडेर मात्र घर बनाउन दिनुपर्छ । पैसा हुनेले १८ तला सम्म घर बनाएका छन् । पैसा नहुनेले एक तला बनाएर बसेको छन् । कुनैले एक आना जग्गा कुनैले चार आना जग्गामा घर बनाएका छन् ।शहरलाई सुन्दर व्यवीस्थत बनाउनु साँटे घरहरुले गर्दा शहर नराम्रो भएको छ । घरधनीहरुले खेती योग्य जमिन किन्ने घर बनाउने भाडामा लगाउने । सबै भन्दा बढि आम्दानी हुने राज्यलाई राजश्व पनि तिरन नपरने भाडामा बस्नेलाई जति लुट्दा पनि हुने । घरबेटिहरुको लुटको धन्दा कहिले बन्द हुन्छ सरकार ?

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *