अन्तरिक्षको दुर्घटनामा ताराको मृत्यु

वैज्ञानिकहरुले ब्रम्हाण्डमा एक भीमकाय कालो छिद्र (सुपरम्यासिभ ब्लाक होल)बाट निस्किएको अहिलेसम्मकै चम्किलो प्रकाशयुक्त ज्वाला देखेका छन् । त्यो ज्वाला यतिधेरै चम्किलो थियो कि त्यसको प्रकाश १० ट्रिलियन सूर्य बराबर थियो । यो खोजले ब्लाकहोलका रहस्य बुझ्नमा ठूलो सहयोग गर्ने वैज्ञानिकहरुको भनाइ छ । उक्त प्रकाश र ऊर्जाको विस्फोट ब्लाकहोलको नजिकका ग्यास डिस्कहरुमा उत्पन्न गडबडी वा चुम्बकीय क्षेत्रहरूको जटिल उलझन का कारण आएको हुन सक्छ। ब्लाकहोल ब्रम्हाण्डको सबैभन्दा रहस्यमय तथा शक्तिशाली हिस्सा हो । यो यतिधेरै घना हुन्छ कि त्यसमा प्रकाश छिर्‍यो भनेपनि बाहिर निस्कन सक्दैन। सुपरम्यासिभ ब्लाकहोल त लाखौं करोडौं सूर्यजत्रै विशाल हुन्छन्। कहिलेकाहीँ ती ब्लाकहोलको नजिकको तातो ग्याँस डिस्कमा गडबडी पैदा हुन्छ वा चुम्बकीय क्षेत्रमा असर पर्दछ । त्यसबाट प्रकाश र ऊर्जाको विस्फोटन हुन्छ, जसलाई ज्वाला अर्थात् फ्लेयर भनिन्छ। यो वास्तवमा ताराको आत्मा हो । उक्त ज्वालाबाटै वैज्ञानिकहरुलाई ब्लाकहोलको आन्तरिक रहस्य पत्ता लगाउन सहयोग गर्दछ, जसरी कुनै टर्चलाइटले अँध्यारो कोठालाई उज्यालो बनाउँछ । पछिल्लोपटकको उक्त चम्किलो ज्वालाको दृष्य सन् २०१८ मा क्यालिफोर्नियास्थित पालोमार वेधशालाको क्यामेरामा कैद भएको थियो। उक्त ज्वाला तीन महिनासम्म भयानक ढंगले चम्कियो र त्यसपछि विस्तारै कम हुँदै गयो। हालै नेचर एस्ट्रोनोमी जर्नलमा उक्त शोध प्रकाशित भएको छ। उक्त ज्वाला एक सुपरम्यासिम ब्लाकहोलबाट आएको हो। उक्त ब्लाकहोल पृथ्वीभन्दा १० अर्ब प्रकाश वर्ष टाढा छ । एक प्रकाशवर्ष भनेको करिब ६ ट्रिलिय माइल हो । यो अहिलसम्मकै सबैभन्दा टाढाको ज्वाला हो । एक प्रकाश वर्ष भनेको त्यो दूरी हो जसलाई प्रकाशले एक वर्षमा पार गर्दछ। त्यसैले उक्त ब्लाकहोलमा १० अर्ब वर्षअघि मृत्यु भएको ताराको प्रकाश बल्ल पृथ्वीमा आइपुगेको हो। अर्थात् सो प्रकाश ब्रम्हाण्डको युवाकालमै उत्पन्न भएको हो जतिबेला ब्रम्हान्ड बल्ल निर्माण भएको थियो। वैज्ञानिकहरुका अनुसार एउटा विशाल तारा ब्लाकहोलको नजिक पुग्दा उक्त प्रकाशको ज्वाला उत्पन्न भएको हो। ब्लाकहोलको शक्तिशाली गुरुत्वाकर्षणले तारालाई टुक्रा(टुक्रा बनाइदियो । त्यसलाई टाइडल डिसरप्सन इभेन्ट भनिन्छ । ताराका टुक्राहरु उक्त ब्लाकहोलमा घुम्दै तात्तिए र चम्किलो प्रकाश उत्पन्न गरे। त्यो प्रकाशको ज्वाला यतिधेरै शक्तिशाली थियो कि १० अर्ब वर्षपछि पृथ्वीबाट देखिएको छ। अर्थात् १० अर्ब वर्षअघि ब्रम्हाण्डमा ब्लाकहोलभित्र छिरेर मृत्युवरण गरेको ताराको आत्मा अझै जिवित रहेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *