प्रधानन्यायाधीशमा डा. शर्माको सिफारिस रोक्न सर्वोच्चमा रिट

काठमाडौं । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि गरेको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । अध्यादेशमार्फत गरिएको व्यवस्थाका आधारमा संवैधानिक परिषद् बैठकबाट सर्वोच्चका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने कार्य संविधानविपरीत रहेको दाबी रिटमा गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट पेस गरेका हुन् । रिटमा प्रधानन्यायाधीशको वरीयता मिच्दा न्यायपालिका अस्थिर भई स्वतन्त्रतामा नै गम्भीर खलल पुग्ने दाबी गरिएको छ ।

रिटमा न्यायपालिकालाई कार्यपालिकाको छायामा राख्न खोजिएको बताउँदै अन्तरिम आदेशमार्फत डा. शर्माको सिफारिसमा रोक लगाउन माग गरिएको छ ।साथै रिटमा परिषद्का सदस्यलाई २४ घण्टाअगावै बैठकको सूचना दिएर निर्णय गर्नुपर्ने कानुनको प्रावधान समेत मिचिएको प्रश्न पनि उठाइएको छ । परिषदसम्बन्धी अध्यादेशमा बहुमतको निर्णय र गणपुरक संख्या समेत संविधानको बर्खिलाप रहेको प्रश्न पनि त्रिपाठीले रिटमा उठाएका छन् । रिट दर्ता प्रक्रियामा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *