प्रतिनिधिसभा सचिवमा अधिकारीको नाम सिफारिस

काठमाडौं । प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस भएको छ । सभामुख डीपी अर्यालले अधिकारीको नाम सिफारिस गरेका हुन् । हर्कराज राईलाई हटाएर सभामुख अर्यालले प्रतिनिधिसभाको सचिवमा अधिकारीलाई ल्याउन लागेका हुन् । संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । जहाँ भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसद्को महासचिव, सभामुखको सिफारिसमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्नेछ ।’

अधिकारी खाँदबारी नगरपालिका वडा नं. ३, सङ्खुवासभाका हुन् । त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर, दक्षिण कोरियाको प्थगलन ज्भभ ग्लष्खभचकष्तथ बाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गरेका छन् । निजामती सेवामा २४ वर्षको अनुभव भएका उनी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् । संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ बमोजिम विशिष्ट श्रेणीको सचिव सरहको सेवा सुविधा पाउने गरी प्रतिनिधिसभा सचिवमा उनको नाम राष्ट्रपति समक्ष सिफारिस भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *