गृहमन्त्रीको उपस्थितिमा मनसुन प्रतिकार्य कमान्ड पोष्टको आकस्मिक बैठक सुरु

काठमाडौं । रसुवा भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी आएपछि मनसुन प्रतिकार्य कमान्ड पोष्टको आकस्मिक बैठक सुरु भएको छ । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मनसुन प्रतिकार्य कमान्ड पोष्टको आकस्मिक बैठक सुरु भएको हो । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढीरपानीको बहाब उच्च रहेको छ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भएर बग्ने त्रिशूली नदीलगायत तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *