मोबाइल फोन आयातकर्ता संघले बाढीपीडितका लागि दियो ३१ लाख

काठमाडौं । मोबाइल फोन आयातकर्ता संघ (एमपीआईए)ले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले संघले आफ्ना सदस्य संस्थाबाट रकम संकलन गरेको हो । संकलित ३१ लाख रुपैयाँ आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको संघले जनाएको छ ।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ । सहयोग रकम बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका काममा प्रयोग हुने विश्वास संघले व्यक्त गरेको छ । संघका अध्यक्ष दीपककुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल तथा सञ्चालक सदस्यहरूले अर्थमन्त्रीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । अध्यक्ष मल्होत्राले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए । उनले सहयोगका लागि संघका सदस्य संस्थाहरूप्रति धन्यवादसमेत व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *