एमजी मोटर नेपालले ल्यायो चाडपर्व अफर

काठमाण्डौं । एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउण्ट मोटर्स नेपालले ग्राहकका लागि चाडपर्व लक्षित विशेष अफर ल्याएको छ। यस योजनाअन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ लाख रूपैयाँसम्म बचत गर्न सक्नेछन् भने निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क रोड ट्याक्स, सजिलो एक्सचेन्ज र सजिलो फाइनान्स सुविधा पाउनेछन्। ड्राइभ मोर, सेलिब्रेट मोर अफरमा एमजी एचएस पिएचइभी,एचइभी, एमजी यु९ इभी, एमजी आइएम६ एमजिएस६ इभी, एमजिएस५ इभी,एमजी४ लगायतका मोडलहरू समावेश छन्। ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार विभिन्न प्रकारका हाइब्रिड तथा विद्युतीय गाडीमध्ये उपयुक्त मोडल छनोट गर्न सक्नेछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *