हिमालयन डिस्टिलरीले बजारमा ल्यायो श्लोक हिमालयन प्रिमियम एक्सएक्सएक्स रम
काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) ले श्लोक हिमालयन प्रिमियम एक्सएक्सएक्स रम बजारमा ल्याएको छ। नयाँ उत्पादनसँगै कम्पनीले आफ्नो श्लोक ब्रान्डलाई प्रिमियम रम श्रेणीमा विस्तार गरेको हो। कम्पनीका अनुसार ‘हरेक थोपाले एउटा कथा भन्छ’ भन्ने ब्रान्डको अवधारणामा आधारित यो रम कविता र साहित्यमा पाइने ज्ञान तथा बुद्धिका श्लोकबाट प्रेरित छ । यसले समृद्ध स्वाद, पूर्ण स्वादको अनुभूति र न्यानोपन प्रदान गर्ने विशेषता समेटेको कम्पनीले जनाएको छ । श्लोक हिमालयन प्रिमियम एक्सएक्सएक्स रममा मोलासेसको समृद्ध विशेषतासँगै भ्यानिला, गाढा क्यारामेल, टोस्टेड ओक, सुकाइएका फलफूल र न्यानो मसलाको स्वाद पाइने कम्पनीको भनाइ छ । छनोट गरिएका फलफूल र मसलाले यसको सुगन्ध र स्वादलाई थप विशिष्ट बनाउने जनाइएको छ ।
कम्पनीका अनुसार यो रम प्राकृतिक मुहानको चिसो पानी प्रयोग गरी तयार गरिएको हो । अन्तर्राष्ट्रिय रम मापदण्ड पूरा गर्ने गरी उत्पादन गरिएको यसले गुणस्तर र नेपाली उत्पादनको विशिष्टतालाई समेटेको कम्पनीले जनाएको छ । श्लोक हिमालयन प्रिमियम एक्सएक्सएक्स रम आकर्षक बोतल, प्रिमियम बेलनाकार क्यानिस्टर र विशिष्ट क्याप्सुल क्यापसहित बजारमा उपलब्ध छ। यो ७५०, १८० र ९० मिलिलिटरका तीन प्याक साइजमा ल्याइएको छ । यसको ७५० मिलिलिटरको बोतलको मूल्य २ हजार ३७५ रुपैयाँ, १८० मिलिलिटरको बोतलको मूल्य ५९५ रुपैयाँ र ९० मिलिलिटरको बोतलको मूल्य ३०० रुपैयाँ तोकिएको छ । कम्पनीले यो रम सिधै वा तातो पानी, मह र कागतीसँग मिसाएर सेवन गर्न सकिने जनाएको छ । शान्त साँझ, सामाजिक जमघट तथा खानपानका अवसरलाई लक्षित गरी उत्पादन प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

















