तारकेश्वरमा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ। काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिको साथबाट ३०० ग्राम खैरो हेरोइन बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहोराले जानकारी दिए। पक्राउ परेका व्यक्तिको नाम प्रहरीले खुलाएको छैन।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *