कुमारी बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं । कुमारी बैंकको २६औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। सभाले सामान्य प्रस्तावको रूपमा पेश गरिएको आर्थिक वर्ष २०८२।८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक २०८२।८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरेको छ। साथै, उक्त साधारण सभाले आर्थिक वर्ष २०८२।८३ को नाफाबाट सेयरधनीहरूका लागि प्रस्ताव गरिएको कुल २.१०५३ प्रतिशत (करसहित) लाभांश पारित गरेको छ। विगत २५ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २७९ शाखा सञ्जाल, २९४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित बैंकिङ ईकाईहरू मार्फत आफ्ना सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *