भारतीय सेनामा ल्याईएको अग्निपथ योजना के हो ? किन बिरोध भैइरहेको छ ?

काठमाडौँ । अग्निपथ योजना केन्द्रीय मन्त्रिपरिषद्ले ल्याएको सशस्त्र बलमा सेवा गर्न भारतीय युवाहरूलाई आकर्षक भर्ती गर्ने ऐतिहासिक निर्णय हो । जसलाई अग्निपथ नाम दिएर भारतीय सशस्त्र बलहरूमा युवाहरूलाई भर्ती गर्ने योजना पेश गरिएको छ । अग्निपथ योजना अन्तर्गत छनोट भएका युवाहरूलाई अग्निवीरको रूपमा वर्गीकरण गरिनेछ । यस अग्निपथ योजनाको घोषणासँगै युवाहरूलाई ४ वर्षको अवधिमा राष्ट्र सेवा गर्ने अवसरको ढोका खोलिएको छ । यदि भारतीय सशस्त्र बलहरूमा अग्निवीर बन्न चाहन्छ्न भने, उनिहरु अग्निपथ योजना २०२२ अन्तर्गत सेनमा सामेल हुन सकिनेछ ।

अग्निवीर योजना के हो त र किन युवाहरुराले ब्यापक बिरोध गरिरहेका छन् त् ? । तर यो योजनाबारे खबर बाहिर आउने बितिक्कै बिहार, यूपी, उत्तराखण्ड र हरियाणाका केही भागहरूमा विरोध प्रदर्शन गरिरहेका हजारौं युवाहरूले यो योजना तत्काल फिर्ताको माग गरिरहेका छन् । केन्द्र सरकारको अग्निपथ भर्ती योजनाको विरोधमा देशका विभिन्न भागमा विरोध प्रदर्शन जारी रह्यो । चार वर्षको लागि मात्रै ठूलो संख्यामा सैनिक भर्ती गर्ने कट्टरपन्थी योजनाले सेनाको व्यावसायिकता, रेजिमेन्टल नैतिकता र लडाइँको भावनामा चोट पुर्यााउने भन्दै विरोध प्रदर्शन गरिएको हो ।

बिहारबाट सुरु भएको आन्दोलन अहिले उत्तर प्रदेश, हरियाणा र मध्य प्रदेशमा फैलिएको छ । बिरोधका कारणले गर्दा, दिल्ली र गाजियाबादका विभिन्न रेलवे स्टेशनहरू बन्द गरिएका छन् भने ट्रेनहरू बन्द भएका छन् । अग्निपथ योजनाको बिरूद्ध हिंसात्मक प्रदर्शनले बिशेष गरि भारतीय रेल सेवाका सम्पत्तिमा ब्यापक क्षतिमा भएको छ ।अग्निपथ योजना त्यसको सीमा अवधी र अग्निवीरहरूको लागि शैक्षिक आवश्यकताहरू, अग्निपथ योजनाको बिशेश गरि युवाहरूलाई चित्त नबुझेर व्यापक बिरोध भैईरहेको छ । सेवा अवधीको समय थोरै भएको र भर्ना हुन पाउने उमेरहद छोट्याएको कुरामा आम युवाहरुलाई चित्त नबुझेर व्यापक बिरोध गरेका हुन भनेर बुझ्न सकिन्छ ।
के हो अग्निपथ योजना ?

अग्निपथ योजना केन्द्रीय सरकारले सुरु गरेको सेना भर्ती प्रक्रिया हो जसमा चयन गरिएका उम्मेद्वारहरूलाई भारतीय सशस्त्र बलमा चार वर्ष अवधिको लागि अग्निवीरको रूपमा भर्ना गरिनेछ । सशस्त्र बलले यस वर्ष अग्निपथ योजना मार्फत ४६,००० अग्निवीरका रुपमा युवाहरुलाई भर्ती गर्नेछ । चार वर्षको अवधि पूरा भएपछि, अग्निवीरहरूले अनुशासित, गतिशील, उत्प्रेरित र दक्ष जनशक्तिको रूपमा अन्य क्षेत्रमा रोजगारीका लागि आफ्नो रोजाइको काममा आफ्नो करियर बनाउनको लागि फेरि समाजमा फर्कनेछन ।

भारतीय सेनाको लागि यो योजना जुलाई २०२२ मा भर्ना प्रक्रिया सुरु हुनेछ। अग्निवीरहरूको पहिलो ब्याच डिसेम्बर २०२२ सम्ममा तालिमका लागि तयार हुनेछन । अग्निवीर नामको प्रती बर्ष सङ्ख्या भविष्यमा १ लाख २५ हजार पुर्याउने नीति केन्द्रीय सरकारको रहेको छ । अग्निपथ योजनाको बारेमा रक्षा राज्यमन्त्री अजय भट्टको विचार यस्तो छ यो राम्रो योजना हो, गलतफहमीमा प्रष्टता भए पनि मागमा अडिग रहनु उचित होइन, यो सुनौलो अवसरलाई नछोड्न म युवाहरुलाई आग्रह गर्दछु, यसले भविष्यमा कुनै समस्या हुनेवाला छैन।

भारतीय गृह र रक्षा मन्त्रालयहरूले अग्निवीरहरूलाई उनीहरूको थप रोजगारीमा मद्दत गर्ने सहुलियत र प्रोत्साहनहरू घोषणा समेत घोषणा गरेको छ । बिगतमा भारतीय सेनामा भर्ना गर्ने उमेर हदलाई संशोधित गरे उमेर सीमा अग्निवीरहरूको लागि माथिल्लो उमेर सीमा घटाईएको छ वा भनौ परिमार्जन गरिएको छ । आरक्षण ९सरकारले केन्द्रीय पुलिस बल र असम राइफल्समा माथिल्लो उमेरको छूटको साथ अग्निवीरहरुको लागि आरक्षण घोषणा गरेको छ ।

भारतीय सेना भर्ती २०२२ को लागि अग्निपथ योजना भारतीय सेनामा प्रवेशको लागि २० जुन २०२२ मा जारी गरिएको छ । देशभर करिब ८३ भर्ती केन्द्रबाट लिईने अपेक्षा गरिएको छ । भारतीय नौसेनाले २१ जुन २०२२ मा भारतीय नौसेना अग्निपथ सूचना जारी गर्दैछ । भारतीय वायुसेना अग्निपथ भर्ती २०२२ को सूचना २० जुन २०२२ मा जारी गरिएको छ । अग्निपथ वा अग्निपथ सशस्त्र बलमा भर्ती हुन चाहने भारतीय युवाहरूको लागि मात्र यो भर्ती योजना लागु गरिएको हो । अग्निपथ योजना, तल्लो दर्जाका लागि भर्ती प्रक्रिया हो । युवालाई अग्रपंक्तिमा ल्याउने र युवा सेनाहरू तयार गरेर तैनाथ गर्ने लक्ष्यका साथ शुरु गरिएको योजना हो। यो योजनामा भर्ना भएका सेना चार वर्षको अनुबंधमा हुनेछन् । यो एउटा खेल परिवर्तन गर्ने परियोजना पनि हो र जसले भारतीय सेना, भारतीय नौसेना र भारतीय वायुसेनालाई युवासहितको छवि प्रदान गर्ने छ । अग्निपथ योजना अन्तर्गत छनोट भएका युवाहरूलाई अग्निवीरको रूपमा वर्गीकरण गरिनेछ ।

अग्निवीरहरूलाई ४ वर्षको अवधिपछि सशस्त्र बलमा स्थायी भर्नाको लागि आवेदन दिने अवसर दिइनेछ । छनौट भएका युवाहरू जसले देशभक्ति, युद्ध कौशल, शारीरिक तन्दुरुस्तीमा वृद्धि, देशप्रतिको वफादारी र बाह्य खतराको समयमा राष्ट्रिय सुरक्षा प्रवर्द्धन गर्न प्रशिक्षित सेनाको उपलब्धतालाई बल प्रदान गर्नेछ। जसको सहयोगमा आन्तरिक खतराहरू र प्राकृतिक प्रकोपहरूमा अग्निपथ योजनाका भर्जिन सेना भएर अग्निवीर बनेर देशको सेवा गर्ने छन् । सेनाको भर्ती अभ्यासमा मौलिक परिवर्तन आउने छ । युवाहरूको लागि राष्ट्रलाई मद्दत गर्ने र राष्ट्र निर्माणमा योगदान गर्ने विशेष अवसरको निर्मार्ण हुनेछ । सशस्त्र बलका लागि युवा त्यसमा पनि सक्रिय सेनाको व्यक्तित्व भएको अग्निबीर तयार हुनेछ । अग्निवीर सामेल सेनाले देशका ठूला विश्वविद्यालयहरूबाट तालिम प्राप्त गर्ने र आफ्नो क्षमता र तालिका प्रमाणहरू प्राप्त गरि आफ्नो र देशको अवस्थामा सुधार गर्ने मौका पाउँछन् । अग्निवीरहरूले एक आकर्षक मासिक प्याकेज प्राप्त गर्नेछन् जुन तिनीहरूका लागि विशेष रूपमा तयार पारिएको छ ।

अग्निवीर योजनामा सामेल युवाहरूले आफ्नो चार वर्ष समयको अन्त्यमा सुनौलो सेवा प्याकेज प्राप्त गर्नेछन् । जसमा तिनीहरूको योगदान र त्यसमा जम्मा भएको कुनै पनि ब्याजका साथै मिल्दो योगदान समावेश हुनेछ । अग्निपथ योजना मार्फत भारतीय सेना, भारतीय नौसेना र भारतीय वायुसेनामा करिब ४६,००० सैनिक भर्ती गरिने छ । अग्निपथ भारतीय सशस्त्र बलहरूमा युवाहरूलाई भर्ती गर्ने योजनाको देशभर बिरोध फ़ैलिने सक्ने अवस्था देखिएकोले कतै किसान आन्दोलन जस्तै फिर्ता हुने पो हो कि भनेर लख काट्न थालिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *