हुन्डाई कारको टेस्ट ड्राइभ गर्ने ४ जना फिफा विश्वकप हेर्न पाउने


हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट–ड्राइभ गरी फिफा विश्वकप(२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन् । साउन ३ गते बाट सुरु भएको यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रेजिष्टर गरी सहभागी हुन सक्नेछन् । यो अफरको अन्त्यमा लक्की ड्र मार्फत दुईजना भाग्यशाली विजेताहरूको छनोट गरिने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार प्रत्येक विजेताले उपहार स्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन् । यसरी जम्माजम्मी चारजना हुन्डाईको स्पोन्सरसीपमा कतार जान पाउनेछन। हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राम मार्फत ल्याईएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले संयोजन गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *