गौशाला काठमाडौंमा एक दिने नि:शुल्क स्वास्थ शिविर, हेर्नुहोस् ‘फोटो फिचर’ सहित
काठमाडौं । आज मंगलबार साइनिङ नेपाल फाउन्डेसन, भण्डारखाल बगैंचा ब्याटमिन्टन समुह, सत्याग्रह साप्ताहिक, काठमाडौंन्युज डटकम र शंम्भवी स्कुलको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविर काठमाडौंको गौशालास्थित शंम्भवी स्कुलको प्राङ्गणमा सञ्चालन भएको थियो ।





काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगबाट निम्न रोगको सेवा सुविधा रहेको थियो । जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, हाडजोर्नी तथा नशा, छाला रोग, नाक, कान, घाटी, आँखा रोग, दन्त रोग, ई. सी. जी., भिडियो एक्सरे, ल्याव टेस्ट सेवा ईसिजी, युएसजी, ल्याब परिक्षण (हेपाटाइटिस, सुगर, पिसाब, युरिक एसिड, रक्त समूह, युरिन र गर्वावस्था) आदि रोगको निःशुल्क उपचार रहेको थियो ।





उक्त शिविरमा काठमाडौ महानगरपालिका वडा नं ७,८,९, १० र २९ मा बसोबास गर्ने जनताले निस्शुल्क स्वास्थ जाँच गरेका थिए । उक्त १ दिने निस:शुल्क स्वास्थ शिविरमा झण्डै ३९६ जना मानिसले आफ्नो स्वास्थ चेकजाँच गरेका थिए । तीमध्ये केही मानिसहरु अप्रेसन गर्नुपर्ने खालका पनि आएका छन् । अब उनीहरुलाई विषेश सहुलियत दरमा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा अप्रेसन गर्ने ब्यवस्था मिलाईएको कुरा साइनिङ्ग नेपाल फाउन्डेशन तथा भण्डारखाल बैगैचा ब्याडमिण्टन समुहका संयोजक सुनिल आमात्यले जानकारी दिएका छन् । “५० प्रतिशत सहुलियतका साथ (सम्पुर्ण सेवा जस्तै अप्रेसन, आईसियु, लगायत) दिने प्रबन्ध मिलाईएको छ । भखर गठन भएको साइनिङ्ग नेपाल फाउन्डेशन अब निरन्तर रूपमा आफुलाई सामाजिक काममा सधै अग्रसर हुन्छ” आमात्यले भने ।







निस्शुल्क स्वास्थ शिविरको आयोजनाको र मिडिया पार्टनरको रूपमा सत्याग्रह साप्ताहिक र काठमाडौंन्युज डटकम रहेको थियो ।