नेपाल प्राधिकरणको ३७ औं वार्षिकोत्सव सम्पन्न


काठमाडौं । नेपाल विद्युत प्राधिकरणकोे ३७ औं वार्षिकोत्सव उल्लासमय ढंगले सम्पन्न भएको छ । लामो समयदेखि निरन्तर रुपमा घाटामा रहेको प्राधिकरणले पछिल्लो केही वर्ष यता निरन्तर रुपमा नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष ०७७÷०७८ मा ६ अर्ब २७ करोड नाफा आर्जन गरेको प्राधिकरणले गत आवमा नाफामा १ सय ५७ दशमलब ७३ प्रतिशतले वृद्धि गरी १६ अर्ब १६ करोड ५० लाख पुर्याउन सफल भएको छ ।
प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा स्वागत मन्तब्यपछि प्रस्तुत गरिएको डिजिटल प्रस्तुतीकरणमा प्राधिकरणको स्थापनादेखि वर्तमानसम्मको अवस्थालाई संक्षेपमा प्रस्तुत गरिएको थियो । उक्त विगतमा लोडसेडिङको तालिका निर्माण गर्न व्यस्त हुने प्राधिकरणका कर्मचारी अहिले आएर विद्युतको निर्यात गर्ने तालिका बनाउन व्यस्त रहेको प्रस्तुती गर्दा सम्पूर्ण कर्मचारीहरु उत्साहित भएर ताली बजाउने काम गरेका थिए । मनग्गे नाफा आर्जन गरिसकेपछि प्राधिकरण अहिले कसैको जमानीबिना नै ऋण लिन र लगानी गर्न सक्ने अवस्थामा पुगेको छ । अहिलेसम्म ४२ वटा जिल्लामा पूर्ण विद्युतीकरण गरिएको र बाँकी जिल्लामा छिटै नै पूर्ण विद्युतीकरण गर्ने योजनामा प्राधिकरण जुटेको बताईरहँदा हल उल्लासमय बनेको थियो ।
अब प्राधिकरणले विद्युत मात्रै निर्यात गर्ने नभएर हरित हाइड्रोजन उद्योग निर्माण गरेर अन्तर्राष्ट्रिय जगतमा बिक्री कार्य जुट्ने तयारी गरेको रिपोर्टमा बताइएको थियो ।
वार्षिकोत्सवमा टे«ेड युनियनका विभिन्न नेताले मन्तव्य राख्दै प्राधिकरणले मनग्य नाफा आर्जन गरेकाले कर्मचारीको सेवा सुविधा वृद्धि गर्नुपर्ने माग राखेका थिए । साथै उनीहरुले प्राधिकरणको नाफाको १० प्रतिशत नाफा कर्मचारीहरुलाई बोनशको रुपमा वितरण गर्नुपर्ने माग राखेका थिए । साथै उनीहरुले कर्मचारीको बीमा रकमको वृद्धि, आवासको व्यवस्था लगायतको माग गरेका थिए । ट्रेड युनियनका नेताहरुले भाषण गर्दैगर्दा पुरै हलमा बसेका कर्मचारीहरुले उत्साह हुँदै धेरैपटक ताली बजाए । ट्रेड युनियनका नेताहरुको मन्तव्य पश्चात बोलेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा सानो इन्टेन्सिभको निर्णय गर्दा अख्तियार र संसदबाट पत्र आउने स्थितिबाट प्राधिकरण आँफै निर्णय गर्नसक्ने अवस्थामा आइपुगेको बताएका थिए । विगत ५ वर्षदेखि यता विद्युत खपतको दरमा ३ गुणा वृद्धि भएको र आगामी दिनमा पनि प्राधिकरणको नाफाको ग्राफ थप उकालो लाग्ने उनको भनाई थियो ।
निर्देशक घिसिङले कर्मचारीहरुले राखेको मागलाई मन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताउँदै भनाई टुंग्याउँदा हलमा प्रतिक्षाको ताली बजेको थियो ।
केही व्यक्तिहरुको भनाईपछि कार्यक्रमकी प्रमुख अतिथि तथा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालको मन्तव्यलाई कर्मचारीहरुलाई प्रतिक्षा गरिरहेका थिए । तर, मन्त्री भुसालले प्राधिकरणलाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने कर्मचारी लगायतका क्षेत्रलाई धन्यवाद दिँदै कर्मचारीको बोनश माग सान्दर्भिक नभएको बताइन् । ‘नेपाली दाजुभाई अरबको घाममा पसिना बगाएर काम गरिरहेका छन्, भर्खरै सरकारले १५ प्रतिशत तलबको वृद्धि गरेको छ, त्यसमाथि तपाईंहरुले बोनश माग्ने ? सँधै कर्मचारी भन्दा पनि देशको नागरिक भएर सोँच्नुस’ मन्त्री भुसालले भनीन् । मन्त्री भुसालको भनाइले कार्यक्रमको शुरुदेखी उल्लासमय हुँदै आएका कर्मचारीहरुको खुसीमा पानी हाले जस्तो भयो । तर, केही कर्मचारीहरुले भने ताली बजाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *