लगातार दोस्रो जितको खोजीमा नेपाल

काठमाडौं । पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) घरेलु टोलीसँग दोस्रो टी-२० अन्तर्राष्ट्रियमा खेल खेल्दै छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपालले ५ विकेटले जित निकाल्यो । नेपालले तेस्रो खेल १२ भदौमा , चौथो १३ भदौमा र पाँचौ तथा अन्तिम टी-२० भदौ १४ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *