एनआईविएल प्रगतिफण्डको लाभांश घोषणा


काठमाडौं । एनआईविएल एस क्यापिटलले आफ्नो म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईविएल प्रगति फण्डका इकाई धनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । क्यापिटलको सञ्चालक समितिको बसेको बैठकले फण्डको इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७८-०७९ को नाफाबाट कर सहित ४.२० प्रतिशत अर्थात् ३ करोड १५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
क्यापिटलले यसअघि आर्थिक वर्ष २०७७-२०७८ मा ५० प्रतिशत लाभांश वितरण गरेको क्यापिटलले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *