नेपाल राष्ट्र बैंकले डलर कार्ड भुक्तानीमा कडाइ
काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्ड मार्फत् हुने भुक्तानीमा कडाइ गरेको छ । एकिकृत परिपत्र २०७८ मा संशोधन गर्दै डलर कार्डमार्फत् हुने भुक्तानीमा कडाइ गरेको हो । राष्ट्र बैंकले विभिन्न १८ वस्तु तथा सेवा खरिदमा हुने भुक्तानीमा डलर कार्ड प्रयोग गर्न नपाइने व्यवस्था गरेको हो राष्ट्र बैंकले विभिन्न मर्चेन्ट क्योटेगोरी कोड जारी गर्दै भुक्तानीमा कडाइ गरेको हो । राष्ट्र बैंकले वायर ट्रान्सफर, बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी लगायतमा डलर कार्डमार्फत् कारोबार गर्न नपाइने व्यवस्था गरेको हो । यस्तै अब क्यासिनोमा जुवा खेल्दा र घोडा र कुकुर दौड लगायतमा डलर कार्डमार्फत् भुक्तानी गर्न नपाइने भएको हो ।