सिद्धार्थ बैंकले सुरु गर्यो भिसा रेमिट्यान्स सेवा


काठमाडौं । सिद्धार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा रेमिट्यान्स सेवाको सुरुवात गरेको छ । यस नयाँ सेवा मार्फत विश्वका १ सय ८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले आफ्ना परिवार, आफन्त तथा साथीहरुलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्नेछन् । स्वदेशी तथा विदेशी ग्राहकहरुले भिसा रेमिट्यान्स सेवामा आवद्ध भएका बैंकहरुको मोबाइल,इन्टरनेट बैंकिङ्ग तथा रेमिट्यान्स कम्पनीहरू मार्फत भिसा कार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठाउन सक्नेछन् ।
यसरी भिसा रेमिट्यान्स सेवा मार्फत पठाइएको रकम यस बैंकले जारी गरेको भिसा डेबिट लिंक गरिएको बैंक खातामा तथा क्रेडिट कार्डमा सोझै प्राप्त गर्न सकिनेछ । यस सेवाले गर्दा ग्राहकवर्गहरुको रेमिट्यान्स सेवा अझ छिटो, सुरक्षित र सुविधाजनक रहने विश्वास बैंकले लिएको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *