रामचन्द्र पौडेलले भेटे माधव नेपाललाई

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। आज बिहान पौडेल अध्यक्ष नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए।

पौडेल अहिलेकै गठबन्धनले नयाँ सरकार बनाउने गरी अघि बढ्नुपर्छ भन्ने पक्षमा छन्। उनले यसबारे अध्यक्ष नेपालसँग पनि कुराकानी गरेका छन् । अध्यक्ष नेपालले अहिलेकै गठबन्धनले नयाँ सरकार बनाउने बताएको पौडेलनिकट एक नेताले जानकारी दिए।

साथै पौडेलले आफू प्रधानमन्त्री भएर काम गर्न चाहेको कुरा बताएका थिए। पौडेल कांग्रेस संसदीय दलको नेतामा चुनाव उठ्ने आन्तरिक गृहकार्य गरिरहेका छन्।

अध्यक्ष नेपालले अहिलेको सत्ता गठबन्धन बनाउन पौडेलले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। ‘यो गठबन्धन बनाउन तपाईंको भूमिका महत्वपूर्ण थियो। आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे फेरि छलफल गरौंला,’ अध्यक्ष नेपालले भनेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *