सीजीले नेपालमा ल्यायो गुगल टिभी


काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ । गुगल टिभी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्त गर्ने अत्याधुनिक युजर इन्टरफेसर ओएस् हो । यसमा प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगईकन होम स्क्रीनबाट नै सेलेक्ट गरेर हेर्न सक्ने जनाइएको छ । गुगल टिभीको प्रारम्भिक सेटअपपछि, प्रयोगकर्ताले गुगल टिभीको होम स्क्रिन देख्न सक्नेछन् । होम स्क्रिनमा विभिन्न एपहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरूको स्लाइडहरु हुन्छन् जुन प्राथमिकताहरूको आधारमा देखाइन्छ । टिसिएल गुगल टिभी परम्परागत स्मार्ट टिभीहरूभन्दा एक कदम अगाडि छ किन भने यसमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्सहरु छन् जसले गर्दा प्रयोगकर्ताहरुले टिभी चलाऊदा ज्यादै नै सहज र सजिलो महसुस गर्ने कम्पनीको विश्वास छ । यो बाहेक गुगल टिभीले टेलिभिजन अनुभव सुधार्नको लागि क्रोमकास्ट र ब्युल्ट ईन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको छ । गुगल टिभीले नयाँ संस्करणहरुलाई पनि अटोमेटीकल्ली अपडेट गर्दछ । हालै टिसिएलले क्यामेरासहितको पी ७३५ फो के एचडीआर ग्लोबल टिभी ५७ इन्च र सी ७३५ क्यू एलईडी ४ के गुगल टिभी ६५, ५५, ५० र ४३ इन्चगरि कुल ३ प्रकारका गुगल टेलिभिजन बजारमा ल्याएको छ । नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, कीर्तिपुर, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर ईटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *