फ्रान्सलाई पराजित गर्दे अर्जेन्टिना बन्यो च्याम्पियन


काठमाडौं ।फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको च्याम्पियन बनेको छ । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।अर्जेन्टिनाले पछिल्लोपटक सन् १९८६ मा विश्वकपको उपाधि जितेको थिएन
कतारको लुसैल रंगशालामा जारी खेलको निर्धारित ९० मिनेट, इन्जुरी समय र अतिरिक्त समयमा दुवै टिमले ३–३ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । खेलमा फ्रान्सका काइलियन एमबाप्पेले ह्याट्रिक गरेपनि अर्जेन्टिनाको जितलाई रोक्न सकेनन् । तर, उनी सन् १९६६ पछि विश्वकपको फाइनल ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । १९६६ को विश्वकपमा इङ्ल्यान्डका जिओफ हर्स्टले फाइनलमा पश्चिम जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए ।पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिजाड्रो पाराडेज र गोन्जालो मोन्सियलले गोल गरे । फ्रान्सका एमबाप्पे र कोलो मुआनीले गोल गरेपनि किङ्स्ले कोमनको बल अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनजले बचाए । यस्तै, फ्रान्सका आर्लियन चुवामेनीको प्रहार बाहिरियो ।
त्यसअघि खेलको २३ औँ मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । फ्रान्सका ओस्मान डेम्बेलेले १८ यार्ड बक्समा एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेसीले कुनै गल्ती गरेनन् । ३६ औँ मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० मा पुर्‍याए । एलेक्सिस म्याक एलिस्टरले निकालेको बलमा बक्सभित्रबाट डी मारियाले सहजै पोस्टको दिशा दिए
तर, अर्जेन्टिना अन्तिम १० मिनेट सम्हालिन नसक्दा फ्रान्स खेलमा फर्कियो । फ्रान्सले दुई मिनेटमा दुई गोल फर्कायो ।
८० औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । अर्जेन्टिनाका निकोलस ओटामेन्डीले रान्डल कोलो मुअनीलाई फाउल गरेपछि फ्रान्सले पनाल्टी पाएको थियो जसमा एमबाप्पेले कुनै गल्ती गरेनन् ।यसको अर्को मिनेटमा नै एमबाप्पेले नै गोल गर्दै फ्रान्सलाई बराबरीमा फर्काए । मार्कुस थुरमले निकालेको बलमा बक्सभित्र रहेका एमबाप्पेले गोल गर्दै फ्रान्सलाई बराबरीमा फर्काएपछि खेलले नाटकीय रूप लिएको थियो । 
तर, अतिरिक्त समयमा मेसीले गोल गरेपछि अर्जेन्टिनाले ३–२ को अग्रता बनाएको थियो । फेरि ११८ औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई पुनः बराबरीमा ल्याएका थिए । १८ यार्ड बक्समा गोन्जालो मोन्सियलले ह्यान्डबल भएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । जसमा एमबाप्पेले कुनै गल्ती गरेनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *