शक्ति बाँडफाँटबारे देउवा र दाहालबीच बालुवाटारमा छलफल जारी

काठमाडौँ । सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच शक्ति बाँडफाँटबारे छलफल सुरु भएको हो ।

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार शुक्रबार साँझ साढे ५ बजेबाट दुवै नेताबीच छलफल भइरहेको छ । दुई जनाबीच छलफल सकिएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत सहभागी हुने उनले जानकारी दिए ।

प्रतिनिधिसभाको तेस्रो दल बनेको माओवादीका अध्यक्ष दाहालले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । कांग्रेसले भने पहिलो पालोमा देउवा नै प्रधानमन्त्री हुनुपर्ने दाबी गरिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते आइतबार ५ बजेसम्म सरकारमा दाबी गर्न दलहरूलाई आह्वान गरेकी छन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि राष्ट्रपतिले ७ दिनको समय दलहरूलाई दिएकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *