तत्काल सरकारमा सहभागी नहुने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादी तत्काल सरकारमा सहभागी नहुने भएको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले नेकपा एमालेलगायत दलको समर्थनमा नेकपा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो ।

‘तत्काल सरकारमा जाँदैनौं प्रतिपक्षमै बस्छौं,’ एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले भने, ‘वार्ता र छलफललाई पनि अघि बढाइरहन्छौं ।’

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा भएको दलहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने समझदारी भएसँगै एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने जनाएको हो ।

आइतबार बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा सहमति नभएपछि माओवादी अध्यक्ष दाहाल एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगेका थिए । बालकोटमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टी नेताबीच छलफल भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *