माँ बगलामुखी साकोस शाखा स्तरमा उत्कृष्ट कारोवार विधामा छनोट
काठमाण्डौं । ललितपुर महानगरपालिका ११ कुम्भेश्वरमा रहेको उत्कृष्ट ब्यवस्थापनका साथ संचालित माँ बगलामुखी उपभोत्ता सहकारी संस्थालाई रास्ट्रिय सहकारी बैंक लिको १९ औ बार्षिक साधारण सभावाट शाखा स्तरमा उत्कृष्ट कारोवार विधामा पुरस्कार वितरण गर्न छनोट गरेको छ ।, सहकारिलाई छोटो समयमा यो उचाँईमा पुर्याउन सहयोग गर्नु हुने सम्पूर्ण सदस्य एवं शुभचिन्तकहरुमा संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले आभार प्रकट गरेका छन् । त्यसैगरी बैकले प्रदेश स्तरीय पुरस्कार पाउने संस्था र शाखा स्तरमा उत्कृष्ट र नियमित कारोवार गर्ने सहकारी संस्थाको नाम द्योषणा गरेको छ । पुरस्कार राष्टिय स्तरको बैकको स्थापना दिवसमा र प्रदेश र शाखा स्तरको प्रदेश र शाखा स्तरमा हुने कार्यक्रममा बितरण गर्ने बैकका संचालक केदार मानन्धरले बताए ।















