अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्छ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संवैधानिक जिम्मेवारी, भूमिका र योगदानलाई अवमूल्यन हुनेगरी केही अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्ने बताएका छन् ।

नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापन तथा कल्याणकारी कोषको संयोजनमा आजदेखि बुटवलस्थित मध्यपश्चिम पृतना हेडक्वाटरमा आयोजित भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर कार्यक्रमको शुभारम्भ गर्दै उनले सेनाका विषयमा आमजनमानस दिग्भ्रमित हुनेगरी कपोलकल्पित र झुठा टीकाटीप्पणीप्रति सचेत र सजग रहनुपर्नेसमेत बताए ।

प्रधानसेनापति शर्माले सेनाप्रति हुने यस्ता अनर्गल प्रचारबाजी र सेनाप्रति लक्षित अनेक किसिमका अफवाहको पछि नलाग्न र बुझेर मात्र कुरा गर्न सम्बद्धपक्षको ध्यानाकर्षण गर्नुभयो । “हामी अराजनीतिक ढङ्गबाट काम गरिरहेका हुन्छौँ र सेनालाई स्खलित बनाउने विभिन्न किसिमका दिग्भ्रमित टीकाटीप्पणी सार्वजनिक गरेर बाटो बिराउन अनेकन कोशिस भएको हुन्छ”, उनले भने, “त्यसतर्फ कसैले पनि विश्वास नगर्नु होला जानेर यथार्थ के हो भन्ने बुझी अघि बढ्नु तपाईंहरुको पनि कर्तव्य हो ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *