नेशनल लाइफको बीमाशुल्क क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने


काठमाडौं । नेशनल लाइफको बीमा शुल्क क्युआर कोडबाट भुक्तानी गर्न सकिने भएको छ । कम्पनीको सबै शाखा मार्फत फोनपे नेटवर्कमा आवद्ध वित्तिय संस्था इएसइडब्लुइको माध्यमबाट डाइनामिक क्युआर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ । आकर्षक बोनसदर सहित विगत ३६ वर्ष देखी जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजि क्षेत्रको बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको हो । कम्पनीको सबै शाखा मार्फत फोनपे नेटवर्कमा आवद्ध वित्तिय संस्था इएसइडब्लुइको माध्यमबाट डाइनामिक क्युआर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको हो । नेशनल लाईफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र इएसइडब्लुइका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको समुपस्थितीमा नेशनल लाईफको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोह बिच सो सेवाको औपचारिक शुरुवात गरिएको छ । यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहक वर्गहरुले नगद रहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *