खेलकुद क्षेत्रमा बजेट बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा बढी बजेट दिने बताएका छन् । च्यासल रंगशालाको उद्घाटन गर्दै उनले देशभरि खेलकुदका पूर्वधारहरू बनाउने नीति अवलम्बन गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

उनले यसअघि खेलकुद क्षेत्रमा निकै कम बजेट बिनियोजन हुँदै आएको बताए । ‘खेलकुद क्षेत्रमा निकै कम बजेट बिनियोजन हुँदै आएको छ। आगामी बजेटमा पहिलेको भन्दा बढी रकम बिनियोजन गर्ने प्रतिबद्धता जनाउन चाहन्छु,’ उनले भने ।

उनले खेल क्षेत्रलाई राजनीतिबाट टाढै राखेर विकास गर्नुपर्ने बताए। उनले आफू प्रधानमन्त्री हुँदा दशरथ रंगशालालाई व्यवस्थित बनाउन चीन सरकारसँग पहल गरेको र सोहीअनुरुप पुननिर्माण भएको बताए ।

उनले खेलकुद र कला क्षेत्रलाई संयोजन गरेर जानुपर्छ भनेरै युवराज लामालाई राष्ट्रिय खेलकुद परिषद्मा ल्याएको र उनले उत्कृष्ट कामसते गरेको स्मरण गरे । हल गरेको मस्मरण गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *