भारतबाट बढेर आयाे ग्याँसको मूल्य, पेट्रोल र डिजेलकाे घट्याे

काठमाडौँ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको छ । आईओसीले बुधबार नयाँ मूल्यसूची पठाएको हो ।

नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासको मूल्य ३३९ रुपैयाँ प्रतिलिसिन्डर बढेको छ । यससँगै अब एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको छ । हाल नेपाल आयल निगमले प्रतिसिलिन्डर १८ सय रुपैयाँमा एलपी ग्यास बिक्री गर्दै आइरहेको छ ।

ग्यासबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.२१ रुपैयाँ घटेको छ भने डिजेलको मूल्य प्रतिलिटर ५.०५ रुपैयाँ, हवाई इन्धनको मूल्य ७ रुपैयाँ प्रतिलिटर र मट्टितेलको मूल्य प्रतिलिटर ३.४० रुपैयाँ घटेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *