एक हजार रुपैयाँले बढ्याे सुनकाे भाउ
काठमाडाैं । नेपाली बजारमा सुनको भाउ बिहीबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो ।
बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ कायम भएको छ । बुधबार भने चाँदीको भाउ १३ सय रुपैयाँ कायम रहेको थियो ।