अनेक जालझेल गरी सरकारबाट हटाइएको होः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले गरेको कामबाट आतंकित भएर विरोधीहरुले अनेक जालझेल गरी सरकारबाट हटाएको बताए । आज गुल्मीको तम्घासमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । अहिलेको संविधान एमालेको पहलमा बनेको दाबी छ । संविधान जारी गर्नमा एमालेको महत्वपूर्ण योगदान रहेको बताए । संविधान निर्माण पछि एमालेको नेतृत्वको सरकार बन्ने भनेर कांग्रेससँग सहमति भएपनि कांग्रेस इमानदार नभएको उनको दाबी छ । कांग्रेस अहिलेसम्म इतिहासको कुनै कालखण्डमा पनि इमानदार हुन नसकेको आरोप लगाए । कांग्रेसका सबैभन्दा इमानदार र सोझा नेता भनेर चिनिएको शुसिल कोइराललेसमेत एमालेसँगको सहमति कार्यान्वयन नगरेको आरोप छ ।