सीजीफिन्कोले मेरो विजनेश करियरमा खास महत्व राख्छ ः निर्वाण चौधरी
काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको सीजीफिन्कोले स्थापनाको २० वर्ष पुरा गरेको छ । २०औँ वार्षिकोत्सवको अवसरमा सीजी फिन्कोका अध्यक्ष निर्वाण चौधरीले यस कम्पनीको सफलताको श्रेय ग्राहकलाई जाने बताए । अध्यक्ष चौधरीले आफ्नो पहिलो विजनेशका रुपमा स्थापित सीजीफिन्कोले आफ्नो विजनेश करियरमा कोशेढुंगाको काम गरेको बताउँदै महत्वपूर्ण निर्णयहरू गर्दा कम्पनीबाट आफुलाई प्रोत्साहन मिल्ने गरेको बताए । ‘सीजीफिन्कोले मेरो विजनेश करियरमा खास महत्व राख्छ, मलाई लाग्छ २० वर्ष अघि यसको स्थापनाले नेपालको विप्रेषण उद्योगलाई रूपान्तरण गरेको थियो र आज विप्रेषण उद्योग नेपालको कुलगार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र बनेको छ। विदेशमा काम गर्ने नेपालीहरूका लागि नेपालमा पैसा पठाउने एक विश्वसनीय सस्था मात्र नभई सीजीफिन्कोले गैरकानूनी रूपमा हुने रकम हस्तान्तरण न्युनीकरणमा पनि महत्वपुर्ण योगदान गरिरहेको उनले बताए । कार्यक्रममा सीजीफिन्कोले उत्कृष्ट चार कर्मचारीलाई कदरपत्र प्रदान गरेको थियो । जसमा मार्केटिङ जिनियस अवार्डबाट रमेस रेग्मी, रेणु प्रधान, बेस्ट कस्टमर सेन्ट्रीसिटिमा प्रतिमा शर्मा पोखरेल र राइजिङ स्टार अवार्डबाट आसिषकुमार हमाल सम्मानीत भएका थिए । २००३ मा स्थापितसीजी फिन्को अमेरिकन कम्पनी वेस्टर्न युनियनमनि ट्रान्सफरको नेपालका लागि सुपर एजेन्टको रुपमा काम गर्दै आएको छ । देशभर १०० ओटा आउटलेटबाट सेवा सुरु गरेको यस संस्थाले अहिले चार हजारभन्दा बढी एजेन्टमार्फत नेपालभर विप्रेषण सेवा दिँदै आएको छ ।