त्रिभुवन विमानस्थल : मन्त्री किराँतीले कर्मचारीमाथी उठाए १२ प्रश्न
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विहिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक बैठक बसेर विमानस्थलमा हुने गरेका समस्याको समाधानका लागि आफूँ तयार रहेको बताएका छन् ।
विमानस्थलमा विगत तथा वर्तमान समयमा हुने, घट्ने गरेका समस्याको समाधानमा चाँडै संम्बन्धित निकायको ध्यान जानुपर्ने उनले औँल्याएका छन । मन्त्री किराँतीले नागरिकको सुरक्षामा विभागका कर्मचारीहरुको बदमासीका कारण नागरिकले बेला–बेला समस्या भाेग्नु परेकाे उल्लेख गरेका छन ।
त्रिभुवन निमानस्थलका विभागीय कर्मचारीहरुले आगामी दिनमा गफ गर्नुभन्दा पनि नियमअनुसार आवश्यकता अनुसारको काम गरेर परिमाणात्मक परिवर्त गर्न आवश्यक रहेकाले सोही अनुसारकाे काम गर्न मन्त्री किराँती निर्देशन दिएका छन् ।
आजको बैठकमा मन्त्री किराँतीले विमानस्थलमा हुने गरेका विभिन्न क्रियाकलापका वारेमा विभागीय प्रमुखहरुमाथी प्रश्न नै उठाएर जवाफ मागेका छन् ।
बैठकमा मन्त्री किराँतीले उठाएका प्रश्नहरु यस्ता छन् :
१, व्यागेज चोरिएको घटनाहरु सत्य हो ?
२, अराइभलमा यात्रु लड्ने बिधुतिय भर्याङ्ग के हुँदैछ कहिले सम्म बनि सक्छ ?
३, सरसफाई अभियान के कस्तो चल्दै छ ?
४, समयमा जहाज उड्दैछ कि छैन ?
५, ब्रेक बिनाको ट्रली किन्ने प्रकृया के हुदैछ ?
६, एयरपोर्ट भित्र महङ्गि नियन्त्रण भयो कि भएन ?
७, ब्रेक बिनाको ट्रली फेर्ने काम कहा पुग्यो ?
८, सौचालय भित्र बजि रहेको सङ्गित किन बन्द भयो ?
९, महिला सौचालयमा सेनिट्यारी प्याड राख्ने काम के भयो ?
१०, एयरपोर्ट अगाडिको ब्यूटिफिकेशन के भयो ?
११, एयरपोर्ट भित्र कुकुर र बाँदर कसरी पस्यो ?
१२, एयरपोर्ट भित्र वाईफाई प्रभावकारी किन चल्दैन ?