बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी काम भइरहेको छ ः अध्यक्ष केसी


काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर घटाउन आफूहरुले काम गरिरहेको बताएका छन् । बिहीबार उनले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी काम भइरहेको बताए । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ समेत रहेका केसीले कुनै समूहले आन्दोलन गरेर ब्याजदर नघट्ने समेत बताए । ब्याजदर निरन्तर घट्ने क्रममा रहेकाले अराजक गतिविध रोक्न आग्रह गरे । ‘पछिल्लो समय बैंकको ब्याजदर उच्च भयो भनेर व्यवसायीहरु सडकमा आन्दोलन गरिरहेका छन्, बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि भएका छन्,’ उनले भने, ‘ब्याजदर घटाउन हामी प्रयास गरिरहेका छौं, आन्दोलन गरेर ब्याजदर घटबढ हुँदैन, माग र आपूर्तिले निर्धारण गर्छ । उनले घरजग्गाको कारोबारमा कमी आउँदा बैंकको खराब कर्जा बढेको समेत बताए । अधिकांश सूचकहरु सकारात्मक अवस्थामा रहेका बेला बैंकहरु जोखिम अवस्थामा नरहेको उनको भनाइ छ । ‘सूचकहरु सकारात्मक रहेका छन्, नेपालका बैंकहरु जोखिममा छैनन्, घरजग्गाको कारोबार ठप्प हुँदा खराब कर्जा बढ्ने सम्भावना छ । विभिन्न कारणले विश्वका अन्य मुलुकमा ब्याजदरमा उच्च वृद्धि भएको उनले बताए । १८ लाख ऋणीको मुख हेरेर ब्याज घटाउने सम्भावना न्यून रहेको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *