बाबुरामको पार्टीले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने, उपेन्द्रलाई नगर्ने

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा कांग्रेस उम्मेदवारहरूलाई समर्थन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको नेसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारहरूलाई समर्थन गर्ने निर्णय गरेको हो । तर, नेसपाले बारा २ बाट उम्मेदवार बनेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन नगर्ने भएको छ । जसपाबाटै निस्किएर अर्को पार्टी खोलेकाले पनि बाबुराम र उपेन्द्रबीच बोलचाल बन्द छ ।

नेसपाले कांग्रेसबाट चितवन– २ मा उम्मेदवार बनेका जीतनारायण श्रेष्ठ र तनहुँ– १ मा उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने निर्णय गरेको छ । कांग्रेस उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्दै सभापति शेरबहादुर देउवाले नेसपा अध्यक्ष भट्टराईलाई पत्राचार गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *