नेपालसँग ओमान ८४ रनले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा ओमान २२६ रनमै अलआउट भएको हो ।

नेपाललाई महत्वपूर्ण जित दिलाउने क्रममा सन्दीप लामिछाने र करण केसीले समान तीन विकेट लिए । ओमान ४६ दशमलव तीन बलमै अलआउट भएको थियो ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले कुशल मल्लको एक सय आठ रनको मद्दतमा तीन सय १० रन बनाएको थियो । नेपालका सोमपाल कामीले अर्धशतक बनाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *