पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो कर्मचारी
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगले लोकसेवा आयोगको सहमतिमा १५ जना कर्मचारीका लागि आवेदन माग गरेको छ। संस्थानले ११ औं तहदेखि ५ औं तहसम्मको विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । प्राध्यापकका लागि २ जना, सह–प्राध्यापकका लागि ३ जना, सहायक प्राध्यापकमा लागि ३४ जना, लेक्चर ५ जना, नर्सिङ्ग सुपरभाइजर १ जना, नर्सिङ्ग अधिकृत ३ जना, ल्याब टेक्नोलोजिष्ट २ जना, फिजियोथेरापी टेक्नोलोजिष्ट, अडियोलाजिष्ट १ जना, अप्टोमेष्टिक १ जना, रेडियोलोजी टेक्नोलोजिष्ट २ जना, स्टाफ नर्सका लागि ५९ जना लगायत अन्य पदका लागि पनि कर्मचारी मागेको हो ।
अधिकृत पदको लागि २१ वर्ष तथा सहायक पदको लागि १८ वर्ष उमेर पूरा भएका र प्राज्ञिक सेवा तर्फ सहायक प्राध्यापक पदको लागि ४२ वर्ष, सह–प्राध्यापक पदको लागि ४५ वर्ष, प्राध्यापक पदका लागि ५० वर्ष, प्राविधिक सेवा तर्फ ४० वर्ष, प्रशासन सेवा तर्फ ३५ वर्ष उमेर ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् । बैशाख १५ गतेदेखि जेठ ४ गतेसम्म ४ गतेसम्म र दोब्बर दस्तुरमा जेठ ११ गतेसम्म आवेदन दिनुपर्ने बताइएको छ ।